Sunday, September 15, 2024
Google search engine
Homeटेक्नोलोजीआईफोनमा पनि अब ‘मेरो शेयर’ एप चलाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

आईफोनमा पनि अब ‘मेरो शेयर’ एप चलाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ‘मेरो शेयर’ एप आईओएसमा पनि सार्वजनिक गरेकाे छ । एन्ड्रोइड भर्सनमा उपलब्ध भएकाे दुई वर्षपछि केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले आईओएस प्रयोगकर्तालाई पनि याे एप उपलब्ध गराएकाे हाे ।

एपबाटै शेयर कारोबार गर्ने प्रयोगकर्ताको सङ्ख्या बढेकाले आईफाेनका लागि मेराे शेयर सार्वजनिक गरिएकाे सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।“हामीले आईओएस एपका लागि पहिले नै काम सम्पन्न गरिसकेका थियौँ,” उनले भने, “परीक्षण सफल भएपछि आइतबारदेखि प्रयाेगकर्ताका लागि उपलब्ध गराएका हाैं ।”आईओएस प्रयोगकर्ताले मेरो शेयरको एप यहाँबाट डाउनलोड गर्न सक्छन् ।प्रयोगकर्ताले याे एपमा बजार, पोर्टफोलियो, आईपीओ, शेयर विवरण, एफपीओ, हकप्रद शेयर आवेदन लगायतका सुविधा लिन सक्ने जनाइएकाे छ ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments