Saturday, October 5, 2024
Google search engine
HomeMobile Phonesनयाँ स्मार्टफोन बेन्को भी ६२ नेपाली बजारमा, मूल्य साढे १० हजार मात्र

नयाँ स्मार्टफोन बेन्को भी ६२ नेपाली बजारमा, मूल्य साढे १० हजार मात्र

काठमाडौं । बेन्कोले आफ्नो नयाँ मोडेल भी ६२ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको यो फोनको पछाडि भागमा दुई ओटा १२ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

 

जसमा सोनीको क्यामेरा सेन्सर प्रयोग गरिएको छ । यस्तै फोनको अगाडि भागमा पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।  जसले कम प्रकाश भएको अवस्थामा समेत चहकिलो फोटो खिच्न सक्ने कम्पनीको दाबी छ ।

फोनमा ६.१ इन्चको एचडी प्लस वाटर ड्रप डिस्प्ले दिइएको छ । ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन दुई जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज पाउन सकिन्छ । एन्ड्रोइड ११ मा आधारित यो मोबाइलमा फेस तथा फिङ्गरप्रिन्ट अनलकको सुविधा छ ।

 

८५ प्रतिशत स्क्रिन रेसियो र १९.५ बाई ९ एस्पेक्ट रेसियो भएको यो फोन हातमा सहजै अडिने किसिमको छ । क्वाडकोर चिपसेट दिइएको यो फोनमा टुजी, थ्रीजी र फोरजीको सपोर्ट रहेको छ ।

 

दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी सपोर्ट गर्ने बेन् भी ६२ ब्लू र ग्रीनिश सिल्भर रङ्गमा पाउन सकिन्छ । यसको मूल्य नेपाली बजारमा दश हजार ४९९ रुपैयाँ राखिएको छ । मोबाइल फोनको क्षेत्रमा १० वर्ष भन्दा लामो अनुभव भएको इनोने टेक्नोलोजी अन्तर्गतको बेन्को ब्रान्डका मोबाइल विश्वका २८ भन्दा बढी देशमा उपलब्ध छन् ।

 
शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments