७४औं प्रजातन्त्र दिवसको शुभ-अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट देश र जनताको नाममा बक्सेको शुभकामना संदेश ।।

0
11
७४औं प्रजातन्त्र दिवसको शुभ-अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट देश र जनताको नाममा बक्सेको शुभकामना संदेश ।।
शुभकामना संदेश मार्फत व्यक्त मर्मस्पर्शी प्रतिबद्धताहरु एवं संदेशका मुल विषयहरु बुँदागत रुपमा यसप्रकार रहेका छन् :-
१) प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो। प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबै भन्दा समान, सबै भन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति हो ।
२) प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्नो भू-बनोट, आफ्नो भू-भाग भित्रका विविध समाज सबैलाईं संलग्न पार्नु पर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ ।
३) आ-आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ-आफ्नो सामाजिक संरचना मुताविक आ-आफ्‌नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनै पर्दछ ।
४) प्रजातन्त्र भित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ ।
५) सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने – सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।
६) प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो ।
७) जनता जनार्दनले जे भन्दछन् त्यो सुनौं त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ ।
८) राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौं ।
९) प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैब नेपालीजनसंग निकट रही रहने र सर्पकका निम्ति हाम्रा सबै द्वारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here