काठमाडौं । राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) र राजा ज्ञानेन्द्र बिच नेपालको वर्तमान राजनीतिक अवस्था र राजावादी आन्दोलनको विषयमा गम्भीर कुराकानी भएको भएको छ ।
राजा ज्ञानेन्द्रको निजि निवास निर्मल निवासमा झन्डै ३ घण्टा लामो कुराकानीमा विविध विषयहरु माथी एकदमै गम्भीर एवं सुक्ष्म छलफल भएको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ ।
सँगै डा. मनोजले आफ्नो सामाजिक संजालमा राजा सँग दर्शन भेट भएको फोटो सार्वजनिक गर्दै सांकेतिक कुटनैतिक भाषा प्रयोग गर्दै स्टेटस पनि लेखेका छन् जसको बहुआयामिक अर्थ लाग्दछ । डा. मनोजले आफ्नो सामाजिक संजालमा लेख्नुभएको स्टेटस जस्ताको त्यस्तै यस प्रकार छ, चिन्ता, चासो, विमर्शको निरन्तरता । पुनः पुन: पटक पटकको कृपा – निगाह – आशिर्वाद – विश्वासका लागि हृदयदेखि धन्यवाद – आभार – कृतज्ञता ब्यक्त गर्दछु, मौसुफ सरकार ।
मुक्ति पथ / कर्तव्य-पथमा हिडिरहदा आवश्यकता अनुसार समयले मागेको हिसाबले बाटो परिवर्तन हुनसक्ला / गर्नैपर्ने हुनसक्छ तर लक्ष्य परिवर्तन असम्भव छ ।
नयाँ वर्ष २०८१ को स्वागत गर्दै गर्दा टुहुरा बनाइएका नेपाल र नेपाली ले अभिभावक पाउने विश्वास र भरोसाका लागि पुनः पुनः धन्यवाद ।
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान तथा सम्पूर्ण देशभक्त राष्ट्रवादी नेपाली मन र जनहरुको तर्फबाट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार तथा राज-परिवारलाई “होलि / रंग उत्सव” को शुभकामना समेत दिइयो ।
माैसुफ सरकारबाट समेत होली – रंग उत्सवको सम्पूर्णमा अग्रिम हार्दिक मंगलमय शुभकामना