सागमा पदक पाउने खेलाडीलाई पुरस्कार

काठमाडौँ। गोरखापत्र दैनिकले ‘सागमा पदक पाउने खेलाडीलाई पुरस्कार’ शीर्षकमा समाचार छापेको छ।

समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक जितेका खेलाडीलाई प्रतिपदक ११ लाख, रजत पदक प्राप्त गरेका खेलाडीलाई प्रतिपदक ६ लाख घोषणा गरिएको छ।

त्यस्तै कांस्य पदक विजेता खेलाडीलाई ३ लाख र समूह खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको समाचारमा उल्लेख छ। प्रमले बुधबार खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएर सो घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *