उपराष्ट्रपति पुनद्वारा सिंजा महोत्सव उद्घाटन

जुम्ला। नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजामा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको छ। नेपाली भाषा, साहित्य र खष सभ्यताको संरक्षणको मुल उद्देश्यले आयोजना गरिएको महोत्सवको प्रवेशद्वार स्याउको बनाइएको छ।   महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभरका नेपालीले आफ्नो मौलिकता जान्न एक पटक सिंजा आएर खष सभ्यताबारे अवलोकन गर्नुपर्ने बताए। उनले भने,‘संसारमा रहेका नेपाली मात्रै नभएर नेपाली भाषीले पनि जिन्दगीमा एकपटक सिंजदारा पुग्ने वातावरण बनाउनुपर्छ। नेपालीले सिंजाको भ्रमण गर्नुपर्छ।’ त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिंजामा पर्यटकीय गन्तव्य विकासका लागि प्रदेश सरकारले होमस्टे संचालनदेखि पूर्वाधार निर्माण गर्न आवश्यक वजेट विनियोजन गरेको बताए।   महोत्सव आयोजक कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरबिर रावतले महोत्सव व्यवस्थापनका लागि गाउँपालिकाले मात्रै २३ लाख वजेट छुट्याएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *