हाम्रो मन्त्री ब्रिगेको हाम्रोनियम जस्ता छन्: नेता कार्की

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य राम कार्कीले सीमा समाधानको लागि भारतसँग सरकारले उचित वार्ता गर्नुपर्ने धारणा राखेका छन्। सोमबार राजधानीको रामशाह पथ स्थित नेपाल बार एशोसियशनमा राष्ट्रिय जागरण मञ्चले आयोजना गरेको ‘नेपालको राष्ट्रियता र भारतीय प्रभाव’ विषयक कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो धारणा राखेका हुन्। नेता कार्कीले भारतसँग हिसाब किताब गर्नुपूर्व आफ्नो अवस्थामा सुधार्नु पर्ने र भारतका प्रगशिल जनताको साथ लिनुपर्ने स्पष्ट पारेका छन्। गत कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा समावेश लिम्पयाधुरा क्षेत्र नेपालको भएको दावी गर्दै उनले भने,‘भारतमा पनि प्रतिशिल मानिस छन्। नेपाललाई हेप्नु हुँदैन भन्ने मानिस पनि छन्। उनीहरुको साथ नेपालले लिनुपर्छ। हामी कम्युनिष्टको नारा नै हो ‘मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ’ भारतीय शासकले पो त नेपाललाई हस्तक्षेपकारी भूमिका देखाएको छ। भारतीय जनता त नेपाल र नेपालीको पक्षमा छन्। हामीसँसँगै लड्ने मानिस छन्। माया गर्ने मानिस छन्। ’ गुणराज लोहनी संयोजक रहेको संस्था राष्ट्रिय जागर मञ्चले आयोजनाका गरेको उक्त कार्यक्रममा नेता कार्कीले हाल सरकारमा रहेका मन्त्रीहरुलाई कम बोल्न सुझाव दिएका छन्। उनले भने,‘हाम्रा मन्त्रीहरुलाई कम बोल्न आग्रह गर्दै आएको छु। बिग्रेको हार्मो नियम जस्ता मन्त्रीहरु हुनुहुन्छ। सरकारको प्रवक्ताले बोले पुग्छ। जे मन लाग्यो त्यहि बोल्ने हो भने झन् विवाद बढ्छ। कम बोल्न र बढी काम गर्नेमा सजक हुनुपर्छ भन्ने मेरो मान्यता छ।’ फरक प्रसँगमा नेता कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनको अवस्था दिनप्रतिदिन बिग्रदो स्थितिमा रहेको खुलासा गरेका छन्। उनले भनेका छन्,‘एउटा सिकारीले बाँदर मार्छ र उसले भन्छ(नखाउ दिन भरीको सिकार, खाउ कान्छा बाको अनुहार’ हाल कम्युनिष्ट आन्दोलनको अवस्था पनि ठिक त्यस्तै छ।’ समाजवाद उन्मुख संविधान भए पनि सरकार संघीयतामा अल्मलिएको नेता कार्कीको भनाई थियो। हामीले समाजवादको परिकल्पना गरेका थियौं, उनले भने,‘अचेल प्रदेशको राजधानी र नाम के राख्ने रु प्रधानमन्त्री, मन्त्री, मेयर, गापाका अध्यक्षले कति महंगो गाडि चढ्ने रु यस्तो अभ्यास भइरहेको छ। केही साथीहरु ‘विप्लव’ बाहिरिनु भएको छ। हामी जस्ता मान्छेहरु भित्रै बसेर समाधान गर्नुपर्छ भनेर लागि रहेका छौं। नेता र जनताबीचको दुरी लम्ब्याउने काम भइरहेको छ। यसरी हामीले चाहेको व्यवस्था आउँदैन।’ नेता कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा बोल्दै गर्दा मञ्चमा रहेका ऋषि कट्टेल र गोपाल किरातीलाई सम्बोधन गर्दै यदि हामी अहिले २५ वर्ष उमेका भए के गथ्र्यौ होला रु भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ त कसैले दिएनन्। तर, नेता कार्कीले गम्भीर प्रश्न उठाएको भने पक्कै हो। आजका युवाहरुले कम्युनिष्ट आन्दोलनका बारेमा सचेत हुनैपर्ने उनको संकेत थियो। साथै उनले आफू स्वयं २५ वर्षको भएको भए र हालको जस्ता स्खलित अवस्थाको कम्युनिष्ट आन्दोलन भएको भए आफ्नो सहभागिता नरहने गाम्भीर्यता प्रकट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *