काेराेना भाइरस - COVID - 19
३७२०३५
६१६६९४६
२६४१३२९
मृत्यु
संक्रमित
१५७२
निको भएका
२२०
Last Update : 2020-06-01T02:32:46.000Z

महाधिवेशनको कार्यतालिका ल्याउन कांग्रेस संस्थापन तयार

काठमाडौँ। १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन कांग्रेस संस्थापन पक्ष तयार भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएको हो।   दुई पक्षको वार्ता टोलीले निरन्तर छलफल गरी अब बस्ने केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति तोकेर कार्यतालिका ल्याउने गरी विषय साँघुरिएको वार्ता टोलीका सदस्य हृदयराम थानीले जानकारी दिए। मंगलबार नेता प्रकाशमान सिंहको घरमा दुईपक्षीय वार्ता टोलीबीच छलफल भएको थियो। मंगलबार नै सिंहले नेता कृष्णप्रसाद सिटौलासँग पनि आफ्नै निवासमा छलफल गरेका थिए।   ‘हामी निरन्तर छलफलमा बसिरहेका छौँ। अघिल्लो दिनभन्दा राम्रै प्रगति भएको छ,’ पौडेल पक्षका वार्ता टोली सदस्य थानीले नयाँ पत्रिकासित भने, ‘हामीले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन माग गरेका छौँ। तर, उहाँहरू ‘संस्थापन पक्ष’ ०७७ फागुनको पहिलो हप्तासम्म १४औँ महाधिवेशन गर्ने गरी तालिका ल्याउन तयार हुनुहुन्छ।’   कार्यतालिका तयारीका लागि अन्य विषयमा बुधबार दिउँसो बैठक बस्नुअघिसम्म अनौपचारिक सहमति भए केन्द्रीय समितिमा सहभागी हुने जानकारी थानीले दिए। सहमति नभए केन्द्रीय समितिमा आफूहरूको प्रवेश अझै केही दिन लम्बिने उनको भनाइ छ।   पौडेल पक्षले कार्यतालिका ल्याउनैपर्ने दबाब दिएपछि संस्थापनले नियमित कार्यकालमा एक वर्ष थप गरेर ०७७ फागुनको पहिलो हप्तामा महाधिवेशन गर्न सकिने गरी लचकता देखाएको हो। कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार देखिए मंसिरको अडानबाट फागुनमा महाधिवेशन गर्न पनि तयार रहेको पौडेलपक्षीय नेता बताउँछन्।   तर, महाधिवेशनको कार्यतालिका घोषणाले मात्रै निर्धारित समयमा महाधिवेशन नहुने बुझाइ पौडेल र सिटौला पक्षको छ। क्रियाशील सदस्यको छानबिन, नवीकरण र नयाँ वितरणको काम तत्काल सुरु गर्नुपर्ने अडान उनीहरूको छ। यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *