कम्युनिष्ट कुरा गर्न सिपालु, काम गर्न असक्षमः नेता महत

काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कम्युनिष्टले कुरा र नारा बेचिरहेको टिप्पणी गरेका छन्। सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले यस्तो टिप्पणी गरेका हुन्।   कांग्रेसले इतिहासदेखि संविधान जारी गर्दासम्मको कामलाई जनतालाई बुझाउन नसकेको भन्दै नेता महतले कम्युनिष्ट कुरा बेचेर जनताको मत जितिरहेको टिप्पणी गरे।   उनले भने, हामीले काम गर्यौं। म विभिन्न चरणमा मन्त्री हुँदा काम गरेको छु। अरु साथीहरूले पनि काम गर्नु भएको छ। अपर तामाकोशी आयोजना ल्याउनको लागि के मात्रै गरिएन, ठेकदारले काम नगर्दा कत्ति झेमेला व्यहोर्नुपर्यो? आथिक क्षेत्रमा पनि उस्तै कठिनाईको सामना गर्नु परेको थियो। देशभित्रबाटै ३४ अर्व रुपैयाँ जुटाएर काम अघि बढाइएको हो। तर, हाम्रा साथीहरूले यस क्षेत्रमा चुनाव हार्नुभयो, कम्युनिष्टले जिते।’   २०४६ साल पहिले गाउँमा बाटो जान्छ भन्नेसम्म थाह थिएन। गाउँलेहरूले गाडि देख्न पाइन्छ भनेर सोचेका थिएनन्। कांग्रेसले गाउँमा बाटोमात्रै होईन, स्कुल, स्वास्थ्य चौकीलगायतका पूर्वाधारहरूले गाउँका मानिसलाई सेवा दिनुपर्छ भन्ने अवधारणा अघि सार्यो। आज गाउँँमा स्कुल छन्। स्वास्थ्य चौकीहरू छन्। यसरी विकासका कुरा गरिरहँदा लाग्छ कांग्रेस काम गर्ने पार्टी हो। कुरा गर्न र नारा बेच्न नजान्ने पार्टी हो।’   उनले अगाडि भने,‘कम्युनिष्टहरू नारा बनाउन सिपालु छन्। काम गर्न असक्षम छन्। कुरा गर्न सिपालु छन्। उनीहरू (कम्युनिष्ट) ले कांग्रेसले गरेका कामहरू पनि आफूले गरेको भन्दै भोट माग्छन्। तर, हामीहरू आफूले गरेका कामहरू पनि जनतालाई जानकारी दिन सक्दैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *