नयाँ संसद भवनको शिलान्यास

काठमाडौं। सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरिएको छ। सिंहदरबार भित्रको पुतली बगैंचामा निमार्ण गरिने भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्। शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ। मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ। निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ। मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *