नेकपाको चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा्र) ले दशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ।   विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, विदेशी नियोगका सदस्यहरु उपस्थिति रहेको चियापानमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतले स्वागत गरेका थिए।   राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको थियो। अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *