जसले इन्टर्नसिपको तेस्रो दिनमै पृथ्वीजस्तै ग्रह पत्ता लगाए

अमेरिकाको न्युयोर्कका १७ वर्षीय विद्यार्थी वुल्फकुकिर आफ्नो जुनियर हाइस्कुल पास गरी इन्टर्नसिपमा काम गर्न नासा गए । अन्तरिक्ष विज्ञानबारे अध्ययन, खोज अनुसन्धान गर्ने संस्था नासा विश्व अन्तरिक्ष विज्ञानको आकर्षक केन्द्र हो । यसअघि सन् २०१८ मा पनि इन्टर्नसिपकै लागि  उनी नासा गएका थिए । सौर्यमण्डल बाहिरका ग्रहहरूबारे अध्ययन गर्न नासामा जडान गरिएको ‘ट्रान्जिटिङ एक्जोप्लानेट स्याटेलाइट’मा उनी काम गरिरहेका थिए । नासाले अन्तरिक्षमा राखेको ठूलो प्रणालीको स्याटेलाइट होट्रान्जिटिंग एक्जोप्लानेट स्याटेलाइट । यसलाई पृथ्वीजस्तै ग्रहको खोजी गर्न पृथ्वीबाट निकै टाढा रहेका ताराहरूको अध्ययन गर्न विकास गरिएको थियो । उनलाई यसै प्रणालीअन्तर्गत रहेर बाह्यतारा–पिण्डहरूको अवलोकन गरेर अन्य पृथ्वी जस्तै ताराहरूको खोजबारे अध्ययन गर्ने योजनाअन्तर्गत नै काम दिइएको थियो । काम थालेको पहिलो दिनदेखि ताराहरूको अवलोकन गर्न थालेका उनले तेस्रो दिन एउटा असामान्य दृश्य फेलापारे । एक ग्रहले अर्काे ग्रहको परिक्रमा गरिरहेको देखे । ‘ह्याबिटेबलमा जोन’मा हुन सक्ने देखिएपछि उनले यसबारे अरूलाई जानकारी गराए । त्यसपछि केन्द्रका सिनियर अन्वेषणकर्ता एवं वैज्ञानिकहरूले यसबारे तीव्र अनुसन्धान थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *