देउवालाई पार्टी ठान्ने अध्यक्ष बस्नेतको अहंकारले तरूण दल शून्यमा

नेपाली कांग्रेसका प्राय भ्रातृ संगठनहरू यतिबेला दिउँसै टुकी बालेर खोज्नुपर्ने स्थितिमा छन्। शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भए लगत्तै उनले केही समयभित्रै पार्टीका सम्पूर्ण काम सक्ने वचन दिएका थिए। तर, उनको कार्यकाल सकिनै लाग्दा पनि संगठन र पार्टीलाई उचित दिशानिर्देश गर्न सकेका छैनन्। कांग्रेस इतिहासमै पहिलो पटक देउवा सभापति रहेका बेला स्थानीय, प्रदेश र संघको चुनावमा लज्जासपद हार र भ्रातृ संगठनको कन्त विजोग भयो।   पार्टीमा स्वच्छता र सुसाशन भएन भने कुनै पनि हालतमा पार्टीको हरि विजोग कांंग्रेसको जस्तै हुनेमा दुइमत नहोला। पछिल्ला ८ महिनादेखि आफ्नो नर्सरीका रुपमा रहेको नेविसंघलाई कोमामा पुर्याएका सभापति देउवालाई उनका गुटका नेता कार्यकर्ताले उनलाई कांग्रेस पार्टीका रुपमा चित्रण गर्ने गर्छन्।   यसको उदाहरणका रुपमा हालै मात्रै तरुण दलका अध्यक्ष जितजंग बस्नेतको अहंकार र ढोगीपनले प्रष्ट्याएको छ। उनले सभापति देउवालाई सिंगो कांग्रेस ठान्ने गरेको जस्तो देखिन्छ। अध्यक्ष बस्नेतको कार्यकाल सकिनै लाग्दा समेत संगठनलाई जम्मा ४ जनामा सिमित राखेर नयाँ रेकर्ड कायम गरेका छन्। तरुणदल अहिले शून्यमा पुग्नुको पहिलो कारण पार्टी सभापति देउवा हुन् भने दोस्रोमा संगठनका अध्यक्ष बस्नेत हुन्।   ३ वर्षअघि पोखरामा महाधिवेशन हुने भनेर तयारी भएपछि अन्तिममा संस्थापन पक्ष अध्यक्षमा हार्ने देखिएपछी देउवाले चलाखीकासाथ भागवण्डामा कमिटी बनाएका थिए। पार्टी सभापति देउवाले आफ्नो तर्फबाट बस्नेतलाई अध्यक्षको टिको लगाइदिए। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भूपेन्द्रजंग शाहीलाई महासचिव बनाए। अर्का नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि १÷१ जना भाग पाए।   ३ वर्षको कार्यकाल समाप्त हुनै लाग्दा पनि न त तरूण दलको अर्थ छ। न त अस्तित्व । न त कतै कार्यक्रम भएका छन्, न त यसले पूर्णता नै पायो। भागवण्डामा आएका ४ जनाले पनि समितिलाई पूर्ण बनाइयोस् भनेर पार्टी र संगठनका अध्यक्षलाई सार्थक पहल गर्न सकेको देखिएन। बेलाबखत महासचिव शाहीले अध्यक्षलाई आग्रह गरेको त सुनिथ्यो। तर, त्यो परिणाम शून्यझैं भयो। ९५ जनाको केन्द्रीय समिति ४ जनामा सिमित रहँदा तरूण दल ‘मरेतुल्य’ हुने नै भयो।   ३ बर्षको अन्तरालमा संगठनलाई बलियो र पूर्ण बनाउनुको साटो झन् विवादित बनाउने काममा संगठनका नेता उद्ध्त देखिए। विवादको चुरो यतिसम्म फैलियो कि एकले अर्कालाई निलम्बन समेत गरे। कुनै समय गिरिजा प्रसाद कोइरालाले देउवालाई र देउवाले कोइरालालाई पार्टीबाट निष्कासित गरेको सम्झना आउने गरी तरूण दलको विवाद मैदानमा पोखियो। यस विवादले कांग्रेसलाई त प्रभाव पार्ने पक्का छ। लोकतन्त्रलाई समेत बलियो नबनाउने राजनीतिक वृतमा विश्लेषण भएको सुनिन्छ।   केही दिनअघि अध्यक्ष बस्नेतले महासचिव शाहीलाई दलको विधान विपरीत काम गरेको भन्दै पदबाट हटाए। महासचिव शाही पनि के कम, उनले अध्यक्ष बस्नेतलाई कारबाही गरेको विज्ञप्ती निकाले। शाहीले आफूले राम्रो काम गर्दै गरेको र अध्यक्षले सहन नसकेर पनि आफूमाथि कारवाही गरेको भनेर दावी गरे। देशमा घटेका विभिन्न विषयबस्तुमाथि आफूले आन्दोलन गरौं भनेर भनेपनि अध्यक्षले नमानेको शाहीको आरोप छ। ‘भ्रष्टचार मुक्त नेपाल, सुसाशन युक्त नेपाल’ जस्तो समसामयिक र उचित अभियान महासचिव शाहीले अघि सार्दा अध्यक्ष बस्नेतले साथ नदिनु अर्को विडम्बना हो।   महासचिव शाही विगट कर्णाली प्रदेशको कालिकोट जिल्लाको झुपडिबाट विद्यार्थी राजनीतिमा संलग्न भएका उदामान युवा नेता हुन। अझ् कालिकोटका त प्रिय नेता हुन्। नेपाल विद्यार्थी संघको इकाइ कमिटी, जिल्ला कमिटी, नेपाल कमर्स क्याम्पसको स्वभियु सदस्य, नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्य र पूर्व उपाध्यक्ष समेत हुन्।   बिभिन्न समयमा पटक-पटक जेल नेल भोगेका शाही बैचारिक नेता हुन् आफ्नो विचार पार्टीमा र पार्टीको विचार स्पस्टसँग जनमाझमा राख्न सक्छ्न। उनी कालिकोटका २०७० र २०७४ सालमा भएको संविधान सभा र प्रतिनिधि सभाको निर्वाचनका प्रत्यासी पनि हुन्। कालिकोट जस्तो कम्युनिष्टको किल्लामा उनले २०७४ को चुनावमा आफ्नो भोटरको दोब्बर मत प्राप्त गरेका थिए।   अध्यक्ष बस्नेत पनि नेपाल विद्यार्थी संघको राजनीति हुँदै तरुणदलमा आएका हुन्। उनी पार्टीभन्दा पनि सभापति देउवाको मात्र बढी विश्वास गर्छन्। आफू सफल अध्यक्ष बन्ने या असफल ? यतिसम्म उनमा हेक्का रहेनछ। देउवाले सास फेरभन्दा फर्ने र बन्द गरभन्दा पराण त्याग्ने खालको ढोगीपनबाट माथि उठेर बस्नेतले संगठनलाई जीवन्त दिनबाट नराम्रोसँग चुकेका छन्। उनलाई सभापति देउवाले त माफि देलान तर, इतिहासले उनलाई छुट दिने पक्कै छैन।   संगठनको भन्दा पनि गुटको अध्यक्ष बन्न बस्नेतले ३ वर्ष खर्चे। यहि कम्जोर मानसिकताले उनलाई क्रमशः कमजोर बनाउँदै लग्यो। देउवाले पार्टीलाई कम्जोर बनाए। बस्नेतले तरूण दल। कांग्रेसलाई कम्जोर बनाउनेहरूको सूचि यस विचारमा समावेश गर्न सम्भव छैन्। तर, नेविसंघका अध्यक्ष नैनसिंह महरलाई भने भुल्न र छुटाउन मिल्दैन। महर पनि सभापति देउवा कित्ताकै नेता हुन्। महरले नेविसंलाई सहिद बनाए। संगठलाई पूर्ण बनाउनभन्दा पनि सभापतिको आशक्त भत्तिगान गाउनमा लिप्त रहेका बस्नेतलाई संगठनका नेता कार्यकर्ताले अहंकारी र गतिशून्य नेताका रूपमा चित्रण गर्न थालेका छन्।   त्यति मात्रै होइन, दलको महाधिवेशनमा अध्यक्षको दावी गर्दै डडेलधुराका नेता कर्णबहादुर मल्ल पनि तरुणको विवादले खुशी छैनन्। मल्लले आफ्नो जित हुने निश्चित भएकाले महाधिवेशन नगरेको भन्दै अझैसम्म नेतृत्वको आलोचना गर्दै आएका छन्। सत्ता पक्ष र प्रतिपक्षको सन्तुलन नमिल्दा राजनीति वृत्त एकाधिकारमा परिणत हुन खोज्छ। यसबेला प्रतिपक्षले आफू र आफ्ना संगठनलाई सशक्त बनाउन सक्नुपथ्र्यो। तर, आन्तरिक लफडा र जझगडामा कांग्रेस व्यस्त हुने र सत्ता पक्ष मनोमानी रुपमा अघि बढ्ने हो भने जनताले विकल्प खोज्न ढिला गर्ने छैनन्। अहिलेका जनता सचेत छन्। अहिलेका युवा राजनीतिक चेतसहितका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *