मेस्सी र स्वारेज बिना नै बार्सिलोनाको शानदार जित, ग्रीजम्यानले २ गोल गरे

एजेन्सी – आफ्नो मुख्य खेलाडी कप्तान लियोनल मेस्सी र लुइस स्वारेज बिना नै बार्सिलोनाले शानदार जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १(० ले पराजित भएको थियो ‌।आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई शानदार जित दिलाउनका लागि नयाँ खेलाडी एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा २ गोल गरे भने बाँकी ३ गोल कार्लेस पेरेज, जोर्डी अल्बाले र अर्टुरो भिडालले समान एकरएक गोल गरे । बार्सिलोना सुरुमा पछि परे पनि खेल उल्ट्याउँदै सहज जित निकाल्यो । खेलको १५ औँ मिनेटमा नै बेटिसले गोल गर्दै अग्रता लिएको थियो । उसका लागि नयाँ खेलाडी नविल फकिरले दर्शनीय गोल गरेका थिए ।खेलको ४१औं मिनेटमा बार्सिलोनाका लागि ग्रीजम्यानले गोल गर्दै खेल १–१ बनाए पहिलो हाफमा एकरएक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल थप्यो । दोस्रो हाफ सुरु भएको ११ मिनेटभित्र बार्सिलोनाले ३ गोल गरेसिकेको थियो । दोस्रो हाफ सुरु भएको ५ मिनेटमै ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै २(१ गोलको अग्रता बनाए । ५६औं मिनेटमा पेरेजले र ६० औं मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले ४–१ गोल अन्तरको अग्रता बनायो ।खेलको ७७औं मिनेटमा भिडालले दर्शनीय गोल गर्दै बार्सिलोनालाई ५(१ गोल अन्तरको अग्रता दिलाए । तर, भिडालले गोल गरेको २ मिनेटमै बेटिसले एक गोल फर्कायो । ७९औं मिनेटमा लोरेन्जोले गोल गर्दै गोलअन्तर छोट्ट्याए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल भएन ।यो जितपछि बार्सिलोनाले ३ अंकसहित नवौं स्थानमा उक्लिएको छ कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका थिए भने स्वारेज लिगको पहिलोमा चोट लागरे मैदानबाट बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *