इंग्लिस प्रिमियर लिग लिभरपुलको लगातार तेस्रो जित

एजेन्सी –लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।लिभरपुललाई शानदार जित दिलाउनको लागि मोहम्मद सलाह नयाक बने । उनले खेलमा दुई गोल गरे भने जोएल माटिप एक गोल गरे ।खेलको ४१औं मिनेटमा जोएल माटिपको गोलमा लिभरपुल अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरपुरले दोस्रो हाफको शुरुमै पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनायो । आर्सनलमा डिफेन्डर डेभिड लुइजले सलाहलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाह आफैले गोल गरेका थिए । ५८औं मिनेटमा सलाहले फाविन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३–० गोलको अग्रता बनायो । खेलको ८५औं मिनेटमा लुकास टोरेराले गोल गर्दै आर्सनलले सान्तवन गोल फर्काको । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *