अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताः

साइपाल एकेडेमीले तेश्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । साइपालले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर ९सीसीआरसी० लाई ६७–६४ ले पराजित  । साइपालका सागर लामाले २० अंक जोडे । समूह चरणको अन्य खेलमा न्यु जेनिथले ओमेगालाई ४२–३१, इन्साइट भिजनले अरुणिमालाई ७१–४५, नामीले केब्सलाई ५०–४०, जेभियरले जेएमसीलाई ६१–५८ र टाइम्सले अरुणिमालाई ४५–३५ ले हराए । न्यु जेनिथका अजय घलेले १५, इन्साइटका रोशन बस्नेतले २५, नामीका तेन्जिङ स्याङतानले ११, जेभियरका सोनाम शेर्पाले २६ र टाइम्सका कमल थापाले १३ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *