छाउ गोठ होइन छाउ प्रथाको मनोविज्ञान पहिले भत्काऔं

लक्ष्मण शाही (प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख) छाउगोठ भत्काउनु पहिले छाउप्रथाका बारेम   परम्परागत रुपमा चल्दै आएको गलत मनोविज्ञानलाई भत्काउनु जरुरी छ । अहिले पश्चिममा छाउगोठ भत्काउने अभियान जारी छ। ‘छाउगोठ भत्काउनुअघि छाउप्रथाबारेको गलत मनोविज्ञानलाई भत्काउन पहलकदमी आवश्यक छ । त्यसपछि प्रहरीको पहरामा गएर छाउगोठ जलाउनु पर्ने बध्यता पर्दैन । मनोवैज्ञानि रुपमा रहेको गलत धारणा र बुझाईलाई भत्काएपछि मात्रै समाज रुपान्तरण हुन्छ । ‘छाउगोठमा बस्ने तिनै आमाहरु, दिदिबहिनीहरुले छाउगोठ भत्काउने छन्। किन कि छाउगोठमा बस्नु उनीहरुको रहर हुँदै होइन, त्यो बाध्यता र पीडाबोध ति आमा अनि दिदिबहिनीहरुलाई बढीछ।’ छाउप्रथाका बारेमा गहिरो अध्ययन गर्ने हो भने गाउँदेखि शहरसम्म यसको गलत परम्परा छ। गाउँमा गोठहरु भएर भत्काउन सकियो वा सजिलो भयो। तर, महलमा पनि छाउप्रथा कायम छ। संघीय राजधानी काठमाडौँमा छाउप्रथा यत्रतत्र देख्न सकिन्छ। तर, यहाँ भूईमा बस्नु पर्देन। सर्पले डस्दैन। कसैको ज्यान जादैछ। पहाडमा छाउगोठ भत्किन्छन तर शहरमा महलभित्रको छाउप्रथा हटाउन गाह्रो छ। किन कि महल भत्काउन राज्यले सक्दैन। आस्था बदल्न समय लाग्छ। यसका बारेमा तारन्तर जनचेतनाका कार्यक्रमहरु राज्यले सञ्चालन गर्नुपर्छ। पश्चिम सुर्खेतमा अघिल्लो दिन प्रहरीको पहरा लगाएर छाउगोठ भत्काइए। पछिल्लो दिन बारीमा स्याउलाको छानो हालेर महिनावारी भएकी महिला बाहिर बसेको समाचार आयो। यसरी भौतिक संरचना भत्काएर वर्षौदेखिको रुढ मानसकिता बदल्न सकिदैन। समय लाग्छ। यो प्रथाको अन्त्य हुनुपर्छ। विस्तारै हुन्छ पनि।लेखक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *