कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ

१. ज्ञान नै शक्ति हो । २. आसा एक राम्रो नास्ता हो तर खराब रात्रीभोज । ३. कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ । ४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ । ५. श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् । ६. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् । ७. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग । ८. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् । आँशु मस्तिष्कबाट होइन हृदयबाट आउँछ । सरलता परम परिष्कार हो । विज्ञान कप्तान हो र सैनिकहरु अभ्यास हुन् । प्रकृति सबै सत्य ज्ञानको स्रोत हो । यसको आफ्नै तर्क र कानुन हुन्छ । कुनै कुरा सिक्दा दिमाग कहिल्यै थाक्दैन । एउटा सुन्दर शरीर मर्छ तर कला कहिल्यै मर्दैन । जो कोहीले समयलाई प्रयोग गर्छ उसका लागि समय लामो अवधिसम्म रहन्छ । जहाँ ठूलो स्वर हुन्छ, त्यहाँ कुनै सही ज्ञान हुँदैन । प्रकृतिले आफ्नो कानुन कहिल्यै तोड्दैन । राम्रोसँग बिताएको जीवन लामो हुन्छ । कला कहिल्यै समाप्त हुँदैन, केवल परित्याग गरिएको हुन्छ । विवाह भनेको सर्पै सर्प भएको झोलामा आफ्नो हात राख्नु जस्तै हो । हाम्रो सबै ज्ञानको उत्पत्ति हाम्रो धारणाबाट हुन्छ । जसले सद्गुण रोप्छ, उसले आदर पाउँछ । असल मानिसहरुको स्वाभाविक चाहना ज्ञान हो । यो पनि १. दुष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन । २. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ । ३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने उ जिन्गदिभर रुनेछ । ४. तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ । ५. मलाई त्यो सम्पतिको आवश्यकता पर्ने छैन जसलाई पाउनको निम्ति मैले कठोर यातना सहनु पर्ने हुनेछ, या आफ्नो सदाचारलाई लिलाम गर्नुपर्ने हुनेछ वा शत्रुको चाप्लुसी गर्नु पर्ने हुनेछ । ६. जो संग धैर्य छैन उसको न वर्तमान हुन्छ न भविष्य नै । ७. कुवामा पानि झिक्न हालिएको बाल्टी निहुरिने गर्दछ यसैले त आफुभारी पानि तान्न सक्छ जीवनमा पनि यहि गणित लागु हुन्छ- जो व्यक्ति झुक्न सक्छ उसले नै प्राप्त गर्न सक्दछ । ८. सफल हुन्को निम्ति वफादार मित्रको आवश्यकता पर्दछ तर अझै सफल हुनको निम्ति उस्तै शत्रुको आवश्यकता पर्दछ । ९. जो मान्छे आफ्नो रहस्य र अर्काको रहस्य आफु भित्र नै राख्न सक्छ यस्तो व्यक्तिलाई अरुको अघि झुक्नु आवश्यकता पर्दैन । १०. अरुको गल्तीबाट सिक्ने गर किनकि तिमीसंग आफ्नै गल्तिद्वारा सिक्नको निम्ति निकै कम समय छ । ११. जो वक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्न इन्कार गर्दछ त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन । १२. विद्वानहरुको माझमा अनपढ उसरी नै अपमानित ह्हुन्छ जसरी हाँसको बिचमा बकुल्ला । १३. जबसम्म शत्रुको कमजोरी पत्ता लाग्दैन तबसम्म उसंग मित्रवत व्यावहार देखाउनु पर्ने हुन्छ । १४. शिक्षा नै मानिसको वास्तविक साथि हो । शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छन । शिक्षाले नै सुन्दरता र जवानीलाई माथ दिन सक्छ । १५. कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ । १६. भगवान साक्षात रुपमा प्रकट हुदैनन्, तिम्रो असल भावना न तिम्रो भगवान हो र तिम्रो आत्मा मन्दिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *