धन मात्रै होईन मन पनि चाहिन्छ ! हरिहर लामिछाने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले सबैतिर समस्या सिर्जना भइरहेको छ । यसले विश्वलाई नै आतंकित बनाएको छ । नेपालमा पनि यसको प्रभाव क्रमश पर्न थालेका छन् । सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पहल गरिरहेको छ । सरकारको यो अभियानमा सबैले साथ दिएमात्र हामीले यस विरुद्ध विजय प्राप्त गर्न सकिने संभावना छ । यही मेसोमा सरकारको कदमलाई इट्टा थने काम गरेका छने एक मनकारी घरधनीले । कलंकी स्थित आफ्नो निवासमा बहालमा बसेका चारजनाको तिन–तिन महिनाको घरभाडा मिनाहाको घोषणा गर्ने व्यक्ति उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाको चित्लाङका हरिहर लामिछाने हुन् ।   सामाजिक व्यक्तित्व तथा राजनीतिक कर्मीको परिचय बनाएका लामिछानेले यो कुराको घोषणा केही दिन अघि गरेका थिए । उनको घोषणाको अहिले सर्वत्र प्रशंसा भएको छ । सामाजिक सञ्जाल र अनलाइन मिडिया मार्फत उनको प्रशंशा गर्नेहरु थपिँदै गएका छन् । कोरोना सन्त्रासले सर्वसाधारण गाउँ फर्किरहेका छन् । तर लामिछाने जस्ता मनकारी घरधनीले कोठा भाडामा बस्नेलाई तीन महिनाको भाडा छुट दिने घोषणा केही दिन अघि फेसबुक मार्फत गरेका छन् । चित्लाङ स्थायी घर भएका लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने बताएका हुन् ।   देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर परिवारसँगको सल्लाह अनुसार भाडा नलिने निर्णय गरेको लामिछानेले बताए । उनले आफु पनि भाडामा बसेर दुःख भोगेर आएको बताउदै दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्नु आफ्नो दायित्व भएको बताए । ‘मैले कुनै प्रचारको लागि फेसबुकमा स्टाटस लेखेको होइन । छुट दिएर नै लेखेको हुँ ।’ उनले थपे, “मैले लेखेपछि सबैले सेयर गरिदिए । यस्तो सन्त्रास फैलिएको बेलामा यो मानवीयताको लागि मात्र गरेको हो ।” उनले भने । उनले सहजरूपमा मास्क उपलब्ध भए ५ हजार थान मास्क बाड्ने योजना रहेको समेत बताए । बासुप्रसाद लामिछानेका छोरा हरिहर सिटीइभीटीका पुर्व सदस्यसचिव डा. रामहरि लामिछानेका भाई समेत हुन् । उनको स्टाटस शेयर गर्नेहरूले उनको कामको प्रशंसा गर्दै अरूले पनि उनीबाट सिक्नुपर्ने बताएका छन् । उनले सो अभियान सुरु गरेसंगै यस्तो घोषणा गर्नेहरु बढ्न थालेका छन् । source centerkhabar.com

One Comment

  1. We all should understand the problems of the people living in our society…If One person othe more than one persin can help the people of thier own society it would me more useful for our country…

Leave a Reply

Your email address will not be published. Required fields are marked *