प्रहरी हुँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ

प्रहरी हुँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ मिति २०७७।०१।३१ गते अन्दाजी ००:२० बजेको समयमा काठमाण्डौँ जिल्ला चन्द्रागिरि नगरपालिका ४ पानिघाट स्थित जंगलमा काठमाण्डौँबाट मकवानपुर तर्फ गइरहेको प्र. ३ –०१–२३ च – ११०९ नम्बरको एम्बुलेन्स जवर्जस्ती रोकी लुटपाट गर्ने निम्न ३ जना पक्राउ गरीएको छ । लक डाउनलाई थप प्रभावकारी बनाउन गणेशमान मार्गमा रातको समयमा हुनसक्ने आवतजावत तथा अपराधिक कृयाकलापलाई नियन्त्रण गर्ने उदेश्यले उक्त स्थानमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलग्न व्यक्तिहरूलाई उक्त घटनामा प्रयोग भएको २ वटा मोटरसाईकलहरू (प्रदेश ३–०२–००३ प ४७७७ र बा ७१ प ६९४५ नम्बरको) सहित पक्राउ गरीएको हो । निजहरूको साथबाट नगद रू ३३,८९५।, विभिन्न कम्पनिका मोवाईलहरू ६ वटा समेत बरामद गरीएको छ । पक्राउ गरीएका व्यक्तिहरूः १. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष २४ को सरोज कामी (वि.सी) २. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष ३१ को राम भगत शाही ३. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष २७ को शिव शाही निजहरूले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा समेत तरकारी ढुवानी गर्ने बा४ ख ९९० नं को Eicher तथा ग१च ७६३३ नं को बोलेरोमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध ऐन २०७४ को तपसिलमा उल्लेखित दशी सहित फेला पारी पक्राउ गरी चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *