नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ८० जना महिला र ५९१ जना पुरुष गरी ६ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । बिहीबार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको संख्या सात हजार ८ सय ४८ पुगेको छ । तीमध्ये ६ सय १९ महिला र सात हजार २ सय २९ पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *