प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीलाई भेटेका हुन् । ओली दाहाल भेटमा एमसीसीबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन् । अध्यक्ष दाहालले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने आफ्नो मत राखेका छन् । पार्टीको निर्देशनबमोजिम अघि बढ्नुपर्नेमा दाहालको जोड थियो । प्रधानमन्त्री ओलीले एमसीसीलाई अल्झाएर राख्न नहुने भन्दै निकास दिनुपर्ने आफ्नो भनाई राखेको बुझिएको छ । प्रधानमन्त्री ओली सुरुदेखि नै एमसीसीको पक्षमा रहेका छन् । उनले संसदबाट एमसीसी पारित गराउनुपर्ने मत राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *