आइतबार थप ४ सय २१ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९४ जना डिस्चार्ज भएका छन् । ८ महिला र १८६ जना पुरुष गरी १९४ जना डिस्चार्ज भएका हुन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *