प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका डेढ दर्जन अधिकारकर्मी पक्राउ

काठमाडौं । रुकुम घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका डेढ दर्जन अधिकारकर्मी पक्राउ परेका छन् । बुधबार दिउँसो प्रधानमन्त्रीसँग समय लिएर बालुवाटार पुगेका अधिकारकर्मीलाई गेटमा पुगे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । परियारका अनुसार बालुवाटारबाट लक्ष्मी परियार, सुनिता मरिक (डोम), दुर्गा बराइली, शर्मीला बागचन, शोभा सेन्चुरी, नानीमैया फुकोटी, हिक्मत महरा, लक्ष्मी थापालगायत डेढ दर्जन अधिकारकर्मी पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई प्रहरीले भृकुटीमण्डप लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *