नेकपा स्थायी कमिटी बैठक आज पनि, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबार पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटरमा बिहान ११ बजेपछि सुरू हुने बैठकमा बाँकी सदस्यहरुले धारणा राख्ने छन् । बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए । हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए । बालुवाटारमै आयोजित बैठकमा पनि प्रधानमन्त्री सहभागी नभएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमै सार्नुपर्ने माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *