नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलाली गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा हिजो मात्रै कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । ती पुरुषको हिजो दिउँसोदेखि स्वासप्रशवासमा समस्या देखिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको जनाएको छ । यसअघि चितवनको भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *