आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उक्त संख्यामा संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हालसम्म नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म २८ जनाको मृत्यु भइसकेको छ । निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार १३ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *