स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।  उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । अस्पतालका दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको गेलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *