कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पताल लगिएको थियो । उनी मधुमेहका बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ । बिरामीसँगै कुरुवा रहेका दुईजनाको भने कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म देशभर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *