मुटु परीक्षणका लागि प्रधानमन्‍त्री गंगालाल अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्री ओली साँझ ५ बजे अस्पताल पुगेका हुन् । अस्पतालमा प्रधानमन्त्रीको मुटुको जाँच गरिने थापाले बताए । स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *