प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणपछि निवास फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन् । हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो जानकारी दिए । उनी नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका थिए । केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *