कोरोना संक्रमणबाट ४७ दिने शिशुको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक शिशुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार म्याग्दीको धौलागिरी नगरपालिका ४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशुको मृत्यु भएको हो । ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार गौतमले कोरोना संक्रमणबाट मृत्यु भएको पृष्टि गरेका छन् । असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *