प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै बिहीबार काठमाडौंके माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरु सडकमा उत्रिएका हुन् । ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतन्त्र रूपमा भेला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका थिए । कोरोना महामारीमा देश लडिरहेका बेला सरकारविरूद्ध आन्दोलन गर्न नहुने उनीहरूको भनाई छ । ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने उनीहरुको भनाई छ । यस्तै, प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा पनि प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा मागिएको भन्दै ओलीका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *