कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *