राष्ट्रपति र नेकपा शीर्ष नेताको भेटवार्ताः महाभियोगको हल्ला निराधार भएको स्पष्टोक्ति

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला निराधार रहेको भन्दै त्यस्तो अफवाहको विश्वास नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् । नेकपाका तीनै शीर्ष नेताहरूले आफैले चुनेको राष्ट्रपतिलाई महाभियोग लगाउने हल्लामा कुनै सत्यता नभएको भन्दै स्पष्ट पार्न खोजेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले आफूले पनि त्यसो होला भनेर कल्पना नगरेको बताइन् । उनले नेताहरूलाई पार्टी एकता नतोड्ने गरी सहमतिको बाटो खोज्नसमेत आग्रह गरेकी थिइन् । राष्ट्रपति भवन शितलनिवासमा आइतबार भएको भेटवार्तामा नेताहरुले राष्ट्रपति जस्तो सम्मानित पदलाई विवादमा ल्याउने कुनै मनसाय नभएको स्पष्ट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको भेटमा राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए । सम्बन्धित समाचार https://sanibar.com/archives/17896

Leave a Reply

Your email address will not be published. Required fields are marked *