पीसीआर परीक्षणको दायरा बढाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना प्रभावित स्थानलाई पहिचान गरी पीसीआर परीक्षणको दायरा बढाउन सरकारसँग आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै घनाबस्ती भएका काठमाडौंजस्ता स्थानमा समुदायमा कोरोना संक्रमण फैलिए स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन र रोकथामका लागि पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ । आयोगले उपत्यकाका ढलहरूमा समेत कोरोनाको भाइरस भेटिएको खबर सार्वजनिक भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *