नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । यस्तै आज थप २ सय ६४ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । हाल सम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *