कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट आइतबार मृत्यु भएको थियो । भारतबाट फर्किएका उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए । उनी भारतबाट क्षयरोगको उपचार गरी फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *