पाटन अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पु¥याएका थिए । अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो । उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । शर्माले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको बताए । गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *