काठमाडौंमा २८ सहित थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा २८ जना सहित मंगलबार थप २०४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुुसार, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । हाल सम्म कोरोना संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *