सिन्धुपाल्चोकमा बाढीको बितण्डा: १९ बेपत्ता, २ शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ । बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । एक दर्जनभन्दा धेरै मनिस वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले बगाउँदा १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको स्थानीय अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिए । अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *