प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच गृह सचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले गत मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो । थापाले बिहीबारबाट महानिरीक्षकको कार्यभार सम्हाल्ने छन् । उनको स्वातगका लागि प्रहरी प्रधान कार्यालयमा बिहीबार विषेश समारोह आयोजना गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *