सिन्धुपाल्चोक बाढी अपडेटः घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए । कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई काठमाडौँ ल्याइएको उनले बताए । तीमध्ये उपचारका लागि दुई जनाको हेम्स र दुई जनाको कैलाश अस्पतालमा लगिएको छ । बाह्रबिसे र भोटेकोशीमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु हुनुका साथै २१ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *