कोरोना भाइरसको पूर्ण रुपमा अन्त्य मुस्किलः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मुल हुने सम्भावना न्युन रहेको बताए ।

जेनेभामा भएको अनलाइन प्रेस ब्रिफिङमा उनले अहिले स्थिति हेर्दा यो भाइरस पूर्ण रुपमा अन्त्य हुने अवस्था नरहेको तर्क गरे । उनले भाइरस संक्रमणको दोस्रो लहर आउन नदिन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । पछिल्लो २४ घण्टाभित्र विश्वभर २ लाख २८ हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् । डब्लु एचओका अनुसार एकैदिन भेटिएका संक्रमितको संख्या यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि गत जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *