उपत्यकामा ६ सहित थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको छ । यस्तै आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८ हजार ५ सय ८९ जना घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *