थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै नेपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । क्वारेन्टाइनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *