सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै गएराति फेरि ठूलो पहिरो खसेपछि यातायात पुर्णरुपमा बन्द भएको हो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकलाई पुरेको छ । सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पुनः पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । चालक र सहचालक भाग्ने मौका पाएकाले मानवीय क्षति हुन नपाएको उनको भनाई छ । सडक सुचारु गर्न तानसेनतर्फबाट डोजर लगाइसकिएको छ भने झुम्साबाट अर्को डोजर मगाएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने प्रहरीले जनाएको छ । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *