व्यक्ति परिवर्तन गरेर समस्या समाधान हुँदैनः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान नहुने उल्लेख गरेका छन् । शनिबार ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् । उनले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाएका छन् । उनले नेकपाका नेताहरुलाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *