थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । शनिबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। यस्तै थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *