हेर्नुहोस् सिर्जना किराँतीको ‘फुलबुट्टे सारी’ (भिडियोसहित)

काठमाडौँ । मोडल सिर्जना किराँतीको अभिनयमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरूको महानपर्व हरितालिका तीजको अवसरमा तीज विशेष गीतहरू बजारमा आइरहेका छन् । यसैक्रममा सिर्जनाको अभिनयमा तीज गीत ‘फुलबुट्टे सारी’ बजारमा आएको छ ।

गीतमा बिलन थापामगरको शब्द तथा सङ्गीत रहेको छ भने गायिका सविना थापा मगरको स्वर रहेको छ । भिडियोको निर्देशन निर आलेमगरले गरेका छन् । सुरेश श्रेष्ठको छायाङ्कन तथा नवीन घर्तिमगरको सम्पादन रहेको छ ।

यसअघि, सिर्जनाको अभिनयमा विभिन्न गीतको म्युजिक भिडियोहरू बजारमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *